हुलाकी मार्गकाे ग्राभेलिङ सकियाे कालोपत्रे बर्षायामपछि

132
SwadeshPost

माडीको बनकट्टास्थित रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले सडकको ग्राभेलिङ गर्ने काम सकेको छ ।

आज बिहिबार ग्राभेलिङको काम सकिएको र शुक्रबार रोलिङ्को काम पनि पुरा हुने आशिष निर्माण सेवा अन्तरगतको भरतपुर माडी ठोरी हुलाकी बाटोका कन्ट्रयाक्ट म्यानेजर रोहित भट्टराईले जनाउनुभयो । बाटोको स्ट्रक्चर अन्तरगतका नाला कल्भर्ट, टेवा पर्खाल, ह्युमपाइप र ढुंगाको ग्याबिन जाली निर्माणका कामहरु भने गतबर्ष नै सकिएको थियो । सो बाटोमा कालोपत्रे गर्ने काम भने यस बर्षको बर्षायाम पछि असोज माहिनाबाट गरिने उहाँले जानकारी दिनुभयो ।

कालोपत्रे गर्नका लागि आवश्यक बेस म्याटेरियल भनिने ढुंगा कुटेर बनाइएको क्रसर उपलब्ध नरहेकाले कालोपत्रे गर्ने काममा ढिलाई हुने भएको ठेकदार पक्षको जिकीर छ । माडी नगरपालिकाले सञ्चालन गर्न लागेको क्रसर प्लाण्टका साथै ठेकदार पक्ष आफैले राख्ने अस्थायी क्रसर प्लाण्टबाट उत्पादित सामग्री प्रयोग गरी कालोपत्रे गरिने कन्ट्रयाक्ट म्यानेजर भट्टराईको भनाई छ । करीब ७ मिटर चौडाई रहने सो कालोपत्रे बाटोको दुबै छेउमा नाला सहित १० मिटर चौडाई कायम रहने स्टीमेट रहेको छ ।

SwadeshPost