पौडेलको निधनप्रति शोक व्यक्त गर्दै माडीका विद्यालयहरु आज एकदिन बन्द

332
SwadeshPost

दिवंगत पौडेलको आज दिउँसो २ बजे शवयात्रा गरिने भएको छ । शवयात्रा हुनुअघि उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइने नेकपाले जानकारी दिएको हो । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै अन्य केन्द्रीय नेता र बहालवाला मन्त्रीहरुको सहभागितमा शवयात्रा गरिने नेकपा प्रदेश नं. ३ सदस्य एवं माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

यसैबिच, नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं पूर्व सभासद् धनिराम (डि.आर.) पौडेलको दुखद निधनप्रति शोक व्यक्त गर्दै माडीका विद्यालयहरु आज एकदिन बन्द रहने भएका छन् । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीमा रहेका शिक्षण संस्थाहरुमा आज एकदिन शोकस्वरुप बिदा दिइने जनाउनुभएको हो ।

डि.आर पौडेललाई माडीको बामपन्थी आन्दोलनको एक धरोहर तथा यहाँको शैक्षिक र सामाजिक विकासका प्रेरणादायी तथा अग्रणी नेतृत्वकर्ताका रुपमा स्मरण गर्दै उहाँले दिवंगत पौडेलप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो । दिवंगत पौडेलको निधनप्रति नेकपा अध्यक्ष प्रचण्डसंगै अन्य नेताकार्यकर्ताहरुले शोक प्रकट गरेका छन् भने आम नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समेत श्रद्धाञ्जली प्रकट गरिरहेका छन् ।

SwadeshPost