माडीको सेरुवा गाउँमा आगलागी हुँदा ५० हजार बराबरको क्षति

350
SwadeshPost

पश्चिमी माडीको सेरुवा गाउँमा आगलागी भएको छ । माडी नगरपालिका वडा नं.-१, सेरुवा निवासी शुकराम महतोको गोठमा आज बिहान करीब ११:३० बजे आगलागी भएको हो ।

बच्चाहरु खेल्ने क्रममा गोठमा आगो लागेको र आगलागीमा परी करीब ५० हजार बराबरको क्षति भएको पीडित महतोले जानकारी दिनुभयो । आगलागीबाट गोठमा राखिएका घर निर्माणमा आवश्यक झ्याल ढोका, फ्रेम आदि र गोठ छाउन राखिएको खर जलको भएपनि मानवीय क्षती भने भएन । आगलागी भएलगत्तै स्थानीयबासी र माडी नगरपालिकाको दमकलको प्रयासमा आगलागी नियन्त्रणमा आएको छ ।

SwadeshPost