माडीकाे बनकट्टा गाँउमा सामुदायिक बाेटे हाेमस्टे निर्माण सुरु

644
SwadeshPost

माडीको पर्यटन प्रवर्धनका लागि होमस्टेहरु निर्माण अभियानले तीब्रता पाउँदै गर्दा बनकट्टा गाउँमा समेत सामुदायिक होमस्टे निर्माण सुरु भएको छ ।

बनकट्टा बोटे सामुदायिक होमस्टेको नाउँबाट बोटे टोलमा १० वटा होमस्टे भवन निर्माण जारी रहेको हो । माडी नगरपालिका र तराई मधेश स्मृति कार्यक्रमको २५/२५ लाखको लागत तथा स्थानीयबासीहरुको १ लाख ६२ हजार रुपैंया जनश्रमदानमा होमस्टे निर्माण जारी रहेको सो होमस्टेका सल्लाहकार जगनारायण बोटले जनाउनुभयो ।

मुख्यतः माछा मार्ने कार्यमा निर्भर रहेको बोटे समुदायको आयआर्जन बढाई संरक्षणमा सरिक गराउन तथा माडीको पर्यटन प्रवर्धन गर्नु होमस्टेको उद्देश्य रहेको होमस्टेका अध्यक्ष सरिता बोटेको भनाई छ । जारी असार मसान्तभित्र १० वटा भवन निर्माण पुरा भएपश्चात थप २ वटा सामुदायिक होमस्टेसंगै सभाहल र साँस्कृतिक भवनको निर्माण भने स्वीस सहयोगमा सन् २०२० सम्ममा गरिने जनाइएको छ ।

SwadeshPost