भुक्तनी मागका लागि माडी नगरपालिकाद्वारा असार १७ को समयसीमा तोकियो

124
SwadeshPost

माडी नगरपालिका कार्यालयले जारी आर्थिक बर्ष २०७५/७६ मा नगरपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तनी मागका लागि असार १७ गतेको समयसीमा तोकेको छ ।

असार १७ गतेभित्र सम्पूर्ण योजना एवं कार्यक्रमहरु सम्पन्न गरी भुक्तानी माग गरिसक्नुपर्ने, नगरपालिका कार्यालयले त्यसको भुक्तानी असार २० गतेभित्र गरिसक्ने र असार २० गतेपछि नगरपालिकाबाट रकम भुक्तानी नहुने एक सार्वजनिक सुचनामार्फत जनाइएको हो । संघीय र प्रदेश सरकारको बजेटबाट सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तानी मागको समयसीमा भने असार १२ गतेसम्म मात्रै तोकिएको छ । त्यस प्रकारका कार्यक्रमहरुको भुक्तानी असार १७ भित्र नगरपालिकाले गरिसक्ने र असार २० पछि रकम फ्रिज भई फिर्ता जाने समेत जनाइएको छ ।

माडी नगरपालिका क्षेत्रमा स्थानीय, प्रादेशिक र संघीय सरकारको लगानीमा सयौं योजना र कार्यक्रमहरु सञ्चालन भएकोमा केहि योजना तथा कार्यक्रमहरु अझै सम्पन्न हुन बाँकी नै छन्

SwadeshPost