बर्षाका कारण माडीमा जारी पुल निर्माणकार्य प्रभावित, बिजुलीको पोलहरु ढल्न थाले

254
SwadeshPost

गएरातीदेखि निरन्तर भईरहेको बर्षाको कारण माडीका खोला तथा खहरेहरुमा पानीको सतह बढ्नुका साथै साना बाढीहरु आएका छन् ।

बाढीकै कारण नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका खोला र खहरेहरुमा जारी पुल निर्माणकार्य प्रभावित भएको छ । मगोइ नदीमा पुलको पिल्लर राख्न बनाइएको कफर ड्याम भत्एिकर पिल्लर हाल्ने ठाउँ जलमग्न भएको छ भने जेनेरेटरहरू डुबेका छन् । बाढीकै कारण पश्चिमी माडीको चैनपुर र लक्ष्मुनिया जोड्ने दौजर खोलामा निर्माणाधीन पुल ढलाईको ट्रस भत्किँदा आजका लागि तयारी गरिएका ढलान कार्य रोहिएको छ । खोलाहरुमा साना बाढी आएकाले यातायात सेवालाई समेत केहि प्रभावित बनाएको छ ।

यसैबिच, लगातारको बर्षाका कारण बिजुलीको पोलहरु ढल्न थालेका छन् । माडीको सितलपुरमा बिजुलीको पोल ढलेको छ भने ब्रह्मपुरीमा समेत ढल्न लागेको छ । माडीको मगोई खोलामा रहेको बिजुलीको हाइटेन्सन पोल पनि ढल्ने अवस्थामा पुगेको छ । चनौली जगतपुर माडी ३३ केभी हाइटेन्सन प्रसारणमार्फत बसन्तपुरमा रहेको बिजुलीको सबस्टेशनसम्म ३३ किलो भोल्टको बिजुली पु¥याउने सो पोल अघिल्लो बर्षकै बाढीका कारण ढल्किएको थियो । जारी बर्षायाममा जुनसुकै दिन मगोई खोलामा ठूलो बाढी आउँदा पोल ढलेमा सम्पूर्ण माडी उपत्यकामा बिजुली अवरुद्ध हुनेछ ।

SwadeshPost