माडी नगरपालिकाको तेश्रो नगर-सभाः भाेलि प्रचण्डद्वारा उद्घाटन हुने

21
SwadeshPost

माडी नगरपालिकाको तेश्रो नगर-सभा भोलि असार ९ गते उद्घाटन हुँदैछ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगरसभाको उद्घाटन गर्नुहुने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा बिहान १० बजेबाट नगरसभा सुरुवात हुनेछ । माडी नगरपालिकाको नगरसभामा ९ वटै वडाका जनप्रतिनिधीहरु गरी कुल ५० जनाको सहभागिता रहनेछ । सभाको उद्घाटन कार्यक्रममा भने आमन्त्रित अतिथिहरु सहभागी रहनेछन् । सो नगर सभामा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी बिधेयक पेश गरी छलफल हुनेछ ।

Mahindra