मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

वन-वातावरण पोष्ट

चितवन राष्ट्रिय निकुञ्जको बगहीँ–अमुवा खण्डमा सडक मर्मत कार्य पुरा

  • A
  • A+
  • A++

नारायणगढ–माडी–ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको बगहीँ–अमुवा सडक खण्डमा सडक मर्मत कार्य पुरा भएको छ । गत जेष्ठ अन्तिम साता योजना स्वीकृत भई काम सुरुवात भएकोमा निर्माणकार्य पुरा भएको हो ।

विज्ञापन १

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले सडक स्तरोन्नतिका लागि विनियोजन गरेको ६० लाख रुपैंया मध्ये ३० लाख रुपैंया बजेटबाट सो सडक खण्ड मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बिष्टले जनाउनुभयो । कुल ५६०० मिटर ग्राभेल गर्नुपर्ने स्टीमेट रहेपनि त्यसभन्दा ३००० मिटर धेरै ८६०० मिटर बाटो स्तरोन्नति गरिएको अध्यक्ष बिष्टको भनाई छ ।

विज्ञापन २

योजना सम्पन्न भएसंगै सो सडकको अनुगमन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनियर श्रृष्टि भुसाल, माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी र उपभोक्ता समितिका पदाधिकाररुको टोलीले संयुक्त रुपमा सडक निर्माण कार्यको अनुगमन गरेको हो ।

विज्ञापन ३

यसैबिच, सोही योजना अन्तरगत माडीको बनकट्टादेखि कसरा खण्डको बाटो स्तरोन्नतिको काम भोलिबाट सुचारु हुन लागेको छ । ग्राभेल झार्ने काम सकिएको सो सडक खण्डमा भोलिबाट ग्रेडिङ र रोलिङको काम सुरुवात हुन लागेको सो खण्डका निर्माण उपभोक्ता समिति अध्यक्ष नारायण अधिकारीले जनाउनुभयो । एक साताभित्र सो सडक खण्डको निर्माणकार्य समेत पुरा हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया