नेकपा चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिए

299
SwadeshPost

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिएका छन् । माडीबाट पूर्व एमालेबाट ६ जना र नेकपा (माओवादी केन्द्र)बाट ७ जना जिल्ला सदस्य चुनिएका हुन् ।

माडीबाट प्रेम तिमिल्सिना, पुरन महतो, कमल रामदाम, रामप्रसाद न्यौपाने, जित बहादुर शाही, नारायण पौडेल, सुमन बराल, दण्डपाणी पौडेल, प्रभु महतो, ऋषि काफ्ले, केदार अधिकारी, अम्बिका लामिछाने र हरि भुसाल नेकपाको चितवन जिल्ला सदस्य चुनिनुभएको हो । मूलघर माडी भएपनि रामप्रसाद न्यौपानेको बसाई भरतपुर क्षेत्रमै छ भने सुमन बराल र अम्बिका लामिछानेको कार्यक्षेत्र भरतपुरमै रहेको छ ।

नेकपाको जिल्ला कमिटिको अध्यक्षमा तत्कालिन माओवादी केन्द्रका नेता यमबहादुर परियार र सचिवमा तत्कालिन एमालेका नेता कृष्णभक्त पोखरेल रहनुभएको छ । तत्कालीन नेकपा एमालेबाट ८० र तत्कालीन माओवादी केन्द्रबाट ७५ जनाको सहभागितामा बनेको जिल्ला कार्यसमितिका सदस्यहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार ९ गते सपथग्रहण गराउनुभएको थियो ।

SwadeshPost