माडीको रिमाल खोलाकाे निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन सामग्रीकाे प्रयोग

484
SwadeshPost

माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोलामा निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको देखिएको छ ।

पुलको जग निर्माण पुरा भई माथिल्लो भाग ढलानको सुरुवात हुँदैगर्दा ढलानमा ठूलाठूला ढुंगा र गुणस्तरहीन सिमेन्टको प्रयोग भएको देखिएको हो । गुणस्तरहीन सामग्रीहरुको प्रयोग भएको देखेसंगै माडी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटासंगै स्थानीयबासीहरुले ढलानकार्य रोकेका थिए ।

लोहनी एण्ड ब्रदर्श कन्स्ट्रक्सन कम्पनीले करीब ३ करोड बजेटमा निर्माण जारी राखेको सो पुलको ढलान भइसकेको भागमा खोपेर हेर्दा ठूला ढुंगाहरु राखिएको पाइएको वडाध्यक्ष सापकोटाले जनाउनुभयो । आज ढलान रोकिएकपछि अब भोलि बिज्ञ इञ्जिनियरहरु एवं ठेकदार पक्षको उपस्थितिमा छलफल हुने वडाध्यक्ष सापकोटाको भनाई छ।

SwadeshPost