माडीको लक्ष्मीनिवास गाउँमा ‘माडी भ्यू सामुदायिक होमस्टे’ निर्माण हुने

825
SwadeshPost

पर्यटकीय महत्वको लक्ष्मीनिवास गाउँमा होमस्टे निर्माण हुने भएको छ । माडीको पर्यटन प्रवर्द्धन अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ६, लक्ष्मीनिवासमा ‘माडी भ्यू सामुदायिक होमस्टे’ निर्माण हुन लागेको हो ।

होमस्टे निर्माणका लागि खडानन्द अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्ष, कोषाध्यक्ष र सचिवमा क्रमशः धन कुमारी बरुवाल, मञ्जु रेग्मी र प्रेम कुमार बिष्ट रहनुभएको छ भने सदस्यहरुमा महेश्वर पौडेल, सानुमाया बिष्ट, कमला खत्री, सुन्दरी चापागाई र मिठुमाया प्रसाईं रहनु भएको छ । कल्याणपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर चापागाईंको अध्यक्षतामा जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भेलाले होमस्टे व्यवस्थापन समिति गठन गरेको हो ।

कार्यक्रममा माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालसंगै वडाध्यक्षहरु भरत बहादुर गुरुङ्ग, बालकृष्ण सापकोटा, रामबन्धु प्रोख्रेल र पुरन महतो, रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्की, जनकल्याण माध्यमिक विधालयका प्रधानाध्यापक राम बहादुर जि.सी., तारा गाउँ विकास समितिका शाखा अधिकृत लीलाप्रसाद तिमिल्सिना लगायतको आतिथ्य रहेको थियो । कार्यसमिति गठन भएसंगै होमस्टे निर्माण कार्य तत्कालै सुरुवात गर्न लागिएको नवगठित समितिका अध्यक्ष खडानन्द अधिकारीको भनाई छ । पुष्पमदन वन बाटिका क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि प्रदेश नं. ३ सरकार र माडी नगरपालिकाले लगानी गर्दै आएको छ ।

SwadeshPost