माडीमा डि.ए.पी मलकाे चरम अभाव

298
SwadeshPost

असारमास धान रोप्ने चटारोबिच माडीका किसानहरु डि.ए.पी. मल नपाएर भौतारिनुपरेको छ । माडीको बजारमा एमोनियम सल्फेट (चिनी मल वा युरिया) र पोटास मल पाइएपनि धानखेतीमा अत्यावश्यक डि.ए.पी. मलको चरम अभाव रहेको हो ।

मल किन्न एकाबिहानै बजारका एग्रोभेटहरुमा आएका कृषकहरु निरास हुँदै खाली हात फर्किनु परिरहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड चितवनबाट विभिन्न सहकारीको समन्वयमा माडीका एग्रोभेटहरुले मलखाद ल्याई बिक्री वितरण गर्ने गरेका छन् । दैनिक २०० बोराभन्दा धेरै माग रहेको डि.ए.पी. १० बोरा पनि आपुर्ती नरहेकाले अभाव भइरहेको एग्रोभेट व्यवसायीको भनाई छ ।

माडी उपत्यकाभर एक सिजनमा ४०० टन एमोनियम सल्फेट खपत हुने गर्दछ भने त्यसको एक तिहाई परिमाणमा डि.ए.पी.को माग रहने माडी नगरपालिका कृषि विकास शाखाको तथ्यांक छ । सहकारीहरुले अनुदानमा प्राप्त गरी बिक्री गरेको मलबाट मात्र माग पुरा नहुने भएकाले कृषकहरुले चर्को मुल्य हालेर पनि मल किन्नु पर्ने गरेको छ ।

SwadeshPost