अझै भेटिएनन् दुग्ध चिस्यान केन्द्र माडीका प्रमुख दिनेश यादव

384
SwadeshPost

दुग्ध विकास संस्थान अन्तरगत माडीको बरुवामा सञ्चालित चिस्यान केन्द्रका प्रमुख दिनेश यादव सम्पर्क विहीन भएका छन् । दुई दिनदेखि सम्पर्क विहीन यादव यो समाचार प्रकाशित गर्दासम्म भेटिएका छैनन् ।

बुधबार बिहान करीब ३ः३० बजेबाट सम्पर्क बिहीन भएका उनको दिनभर तथा गएरातीसम्मै खोजी गर्दापनि फेला पार्न नसकिएको माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । मोटो जीउज्यान भएका, गहुँगोरो वर्णका, कपाल फुलेका, घाँटीमा रुद्राक्षको माला लगाएका यादव बिहान घरबाट भागी सम्पर्क बिहीन भएका हुन । घरबाट भाग्दै गर्दा यादवले हाफ पाइन्ट मात्रै लगाएका थिए भने र खुट्टामा जुत्ताचप्पल केहि पहिरिएका थिएनन् ।

यादवलाई बिहिबार दिनभर स्थानीय युवा, प्रहरी र जनप्रतिनिधीहरुले भैरवपुर, गर्दी र वरपरका सबै क्षेत्रहरु तथा भैरवपुरको काँसघारी र रीउ नदी वरपरको झाडीहरुमा खोजी गरेका थिए । दुईपटा हात्ती सम्मिलित खोजी समूहले दिनभर खोजी गरेपनि कहिँ कतै केहि फेला पार्न नसकिएको हो । अब दुग्ध विकास संस्थानको टोलीसहित कुकुर र हेलिकप्टरबाट दुरबिनको प्रयोग गरी यादवको खोजी गरिने वडाध्यक्ष पौडेलले जनाउनुभयो ।

SwadeshPost