आकाशे पानीमा निर्भर माडीका कृषकहरुकाे राेपाइ प्रभावित

381
SwadeshPost

पर्याप्त र नियमित बर्षा नहुँदा सिंचाइका लागि आकाशे पानीमा निर्भर माडीका अधिकांश कृषकहरुले रोपाईं गर्न सकिरहेका छैनन् । यसबर्ष मनसुन ढीला गरी सुरु भएको र मनसुन कमजोर रहेको सन्दर्भमा आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने किसानको रोपाईं प्रभावित भइरहेको हो ।

माडी नगरपालिका र प्रादेशिक एवं केन्द्र सरकारले सिंचाईका लागि भूमिगत पानी निकाल्न डिप बोरिङमा ठूलो लगानी गर्दै आएपनि त्यो अपर्याप्त भएको हो । कतिपय क्षेत्रमा डिप बोरिङको पानीबाट र केहि क्षेत्रमा सिंचाई कुलोहरुबाट पानी पुगेकाले रोपाई हुन सकेपनि अधिकांश खेतहरु भने अझैपनि बाँझो नै छन् । माडी नगरपालिका कृषि शाखाका प्रमुख सिद्धान्त तिमल्सिनाका अनुसार हालसम्म माडीको एक तिहाई खेतीयोग्य जमीनमा रोपाई भएको छ भने दुई तिहाई खेतहरु अझै बाँझो छन् । बर्षाको पर्खाइमा माडी उपत्यकामा साउन मध्यसम्मै रोपाईं हुने गरेको छ ।

विगतमा भन्दा १० दिन ढिलो गरी गएको असार ५ गतेदेखि नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा राम्रो वर्षा हुन नसकेको हो । मनसुन सुरु भएसँगै मौसममा केही फेरबदल भए पनि पर्याप्त मात्रामा वर्षा भने भएको छैन ।

SwadeshPost