माडीको बैकुण्ठेमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता

371
SwadeshPost

माडीको बैकुण्ठे तालमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ७, बुद्धचोक निवासी बर्ष १९ का अभिनव त्रिपाठीको पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

शनिबार दिउँसो करीब ३ बजेदेखि पानीभित्रै बेपत्ता रहेका त्रिपाठीको खोजीका लागि साँझसम्मै खोजी गरिएपनि फेला पार्न भने नसकिएको माडी प्रहरीले जनाएको छ । माडीमा रहेको जनशक्ति र सामग्रीहरुबाट तालको भित्री खोंच परेको भागमा खोजी गर्न नसकिएकाले गोताखोर ल्याउने पहल भइरहेको शसस्त्र प्रहरी बल छरछरे बोर्डर आउट पोष्ट प्रमुख प्रकाश पाण्डेले जनाउनुभयो । तालभित्रै अँड्किएको भए त्रिपाठीको देहान्त भइसकेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दिउँसो ३ बजे पौडी खेल्ने क्रममा छहरा नजिकै पुगेको अवस्थामा त्रिपाठी डुब्न पुगेको उहाँसंगै पौडी खेलिरहेका युवाहरुले जनाएका छन् । शनिवार बिदाको दिन पारी त्रिपाठीसंगै बुद्धचोकका अन्य चारजना युवाहरु मिलन, निराजन, आशिष र ईश्वर माडीको बैकुण्ठ ताल क्षेत्र पुगेका थिए । आज रातभर ताल क्षेत्रमा कुर्ने र भोलि गोताखोरहरु आएसंगै थप खोजी अभियान अगाडि बढाउने माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारले जनाउनुभयो ।

तालमा डुबेर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ का १९ बर्षीय अभुनव तिवारी रहेको वडाध्यक्ष कृष्णराज अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । पानीमा डुबेका तिवारीको खोजीका लागि इलाका प्रहरी कार्यालय बसन्तपुरको टोली र वडा नं. ८ का स्थानीयबासीहरु ताल पुगेका छन् । बैकुण्ठे क्षेत्रमा बर्षा भइरहेकाले खोजी कार्य प्रभावित भइरहेको छ । यसबारे थप विवरण आउन बाँँकि छ ।

SwadeshPost