चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा

324
SwadeshPost

नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा भएको छ । गत जेष्ठ अन्तिम साता योजना स्वीकृत भई तत्कालै काम सुरुवात भएकोमा आज निर्माणकार्य पुरा भएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले सडक स्तरोन्नतिका लागि विनियोजन गरेको ६० लाख रुपैंया मध्ये ३० लाख रुपैंया बजेटबाट सो सडक खण्ड मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष नारायण अधिकारीले जनाउनुभयो । योजना सम्पन्न भएसंगै सो सडकको अनुगमन समेत भइसकेको छ । सोही योजना अन्तरगत बाँकी ३० लाख रुपैंया बजेटबाट बगहीँ-अमुवा सडक खण्डको समेत मर्मत र स्तरोन्नति सम्पन्न भइसकेको छ ।

यसैबिच, निकुञ्जभित्र सडक स्तरोन्नति गर्दा यसपटक अघिल्ला बर्षहरुमा भन्दा धेरै असहज भएको उपभोक्ता समितिका पदाधिकारीहरुले जनएका छन् । सडक स्तरोन्नति सुरु भएलगत्तै निकुञ्ज प्रशासनबाट काममा अवरोध, त्यसपश्चात सर्बोच्च अदालत र युनेस्कोबाट निकुञ्जभित्र बाटो बनाउन नहुने आशयको निर्णय, निर्माणकार्य सक्ने अति छोटो समसयीमा र जलवायुजन्य कारणहरुले यसपटक सडक स्तरोन्नति असहज बनेको गुनासो गरिएको हो ।

SwadeshPost