निकुञ्जभित्र अप्टिकल फाइबरकाे पाइप बिच्छ्याउने काम सम्पन्न

302
SwadeshPost

नेपाल टेलिकमले माडी नगर क्षेत्रसम्म अप्टिकल फाइबर पु-याउने कार्यको मुख्य अवरोध छिचोलेको छ । माडी उपत्यकामा अप्टिकल फाइबर कनेक्सनको अवरोधका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र फाइबर केबुल बिछ्याउन भूमिगत पाइप राख्ने काम पुरा भएसंगै मुख्य अवरोध सकिएको हो ।

निकुञ्जभित्र भूमिगत पाइप राख्ने काम पुरा भएसंगै अब भरतपुर र माडीलाई अप्टिकल फाइबरमार्फत जोड्ने बाटो खुलेको छ । अब ‘केबुल ब्लो र स्प्ल्यासिङ’को काममात्र बाँकी रहेको टेलिकमको ब्याकबोन ट्रान्समिसन निर्देशनालयका उप-प्रवन्धक शालिग्राम पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुरस्थित चित्रवन केबुल टेलिभिजन र नेपाल टेलिकमले एकैसाथ एउटै खाडलबाट भूमिगत फाइबर केबुल बिछ्याएका हुन् ।

अप्टिकल फाइबरको कनेक्सन भएपश्चात टेलिकमले माडीमा फोर जी सिस्टमको जि.एस.एम. मोबाइलसंगै ल्याण्डलाइन टेलिफोन, ए.डि.एस.एल. र फाइबर टु द होम प्रविधिमा आधारित उच्च गतिमा इन्टरनेट सेवा प्रदान गर्ने योजना बनाएको जनाएको छ ।

SwadeshPost