माडीमा ८० बर्षीया बृद्धालाई सर्पले डस्याे–सर्प विषालु हुनसक्ने आशंका

191
SwadeshPost

माडी नगरपालिका वडा नं. ९ निवासी ८० बर्षीया बृद्धा रत्नकुमारी क्षेत्रीलाई सर्पले डसेको छ । सर्पले डसेको थाहा पाएलगत्तै उहाँलाई बघौंडा अस्पतालको आकस्मिक कक्षमा ल्याइएकोमा थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो । उहाँको दाहिने हातको औंलामा सर्पले डसेको थियो ।

सर्पले डसेको हातमा बाँधेर ल्याइएको उहाँलाई रिंगटा लागिरहेको र बिषालु सर्पदंशको लक्षण देखिएकाले भरतपुर रिफर गरिएको बघौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. आलोक कुमारले जनाउनुभयो । त्यसैगरी माडीको लक्ष्मीनिवासमा खेतमा काम गरिरहँदा सर्पले डसेको आशंकामा एकजनालाई बसन्तपुरस्थित विशेक क्लिनिकमा ड्रेसिङ गरी भरतपुर पठाइएको छ ।

यसैबिच, शर्पदंश प्रभावित क्षेत्रका रुपमा रहेको माडी नगरस्थित बघौंडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । बघौंडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्वीकृत भइसकेको र तत्कालै कार्यान्वयमा आउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो । उपचार केन्द्रसंगै भेन्टिलेटरको सेवा सुरुवात भएमा सर्पले डस्दा भरतपुर रेफर गर्नुपर्ने अवस्था अन्त्य हुने सर्पबिज्ञ डा. देव प्रसाद पाण्डेको भनाई छ ।

SwadeshPost