माडी नगरपालिकाद्वारा विभिन्न क्षेत्रका ‘उत्कृष्ट’ हरूलाई नगद सहित सम्मान

151
SwadeshPost

माडी नगरपालिकाले तेश्रो नगरसभाको समापनको अवसर पारी विभिन्न क्षेत्र र विधामा उत्कृष्ट ठहरिएकाहरुलाई नगद सहित सम्मान गरेको छ ।

नगरसभाले उत्कृष्ट बाख्रापालक कृषकका रुपमा नेत्र काप्ले र देवकला रेग्मी, उत्कृष्ट आमाका रुपमा गंगादेवी पाण्डे र नेत्रा अधिकारी, उत्कृष्ट माछापालक कृषकका रुपमा हरि प्रसाद घिमिरे, उत्कृष्ट माछापालक एकल महिलाका रुपमा सावित्री रानाभाट, उत्कृष्ट तरकारी खेती किसानका रुपमा निरा क्षेत्री र उत्कृष्ट दुग्ध उत्पादक कृषकका रुपमा राजेश ओझालाई सम्मानित गरेको हो ।

त्यसैगरी, सफाघर सुन्दर आँगन पुरस्कारबाट प्रेम कुमार विष्ट र लक्ष्मी पौडेललाई सम्मानित गरिएको छ भने उत्कृष्ट कर्मचारीका रुपमा राम दरेश राय र अजिता काफ्ले तथा सामाजिक मेलमिलापकर्ताका रुपमा पिताम्बर पोखरेल सम्मानित हुनुभएको छ । बाल विकास सहयोगी कार्यकर्ता सोमा पन्त र पत्रकार बिप्लव काफ्लेलाई समेत सम्मानित गरिएको छ भने जनकल्याण माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षद्वय क्रमशः सुरेश थापा र श्याम प्रसाद पौडेललाई समेत सम्मान गरिएको छ ।

कार्यक्रमकै सन्दर्भमा गतबर्षको एस.र्ए.ई. परीक्षामा ए प्लस जि.पि.ए. ल्याउन सफल विद्यार्थीहरु सोनु अधिकारी, सञ्जय पौडेल, निशान रामदाम, सुयोग वाग्ले, रोशन बि.क., सुदर्शन सुवेदी र सागर चौधरी तथा सो परीक्षामा विषयगत उत्कृष्ट नम्वर ल्याउन सफल शिक्षकहरु सुवास बुढा, ऋषिराम गौतम, दीपेन्द्र राज पौडेल, राम बहादुर जि.सी., वीरेन्द्र पोखरेल, गोविन्दराज सेंढाई, अनुप तिवारी, भीम प्रसाद लामिछाने, राजु सापकोटा र नारायण बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा ५ र ८ को परीक्षामा उत्कृष्ट नतीजा ल्याउन सफल विद्यार्थी एवं शिक्षक तथा विद्यालयहरुलाई समेत सम्मानित गरिएको थियो ।

SwadeshPost