विनोद रानाभाट रिहाइ सहयोग संकलन अभियान अन्त्य गर्न अनुरोध

451
SwadeshPost

कतारको ओक्रा जेलमा कैद भुक्तान गरिरहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउन आवश्यक रकम संकलन पुरा भएको छ । रानाभाटको रिहाइका लागि आवश्यक करीब ८२ लाख रुपैंया संकलन भएसंगै सहयोग संकलन अभियान समेत अन्त्य भएको जनाइएको छ ।

रानाभाटको उद्धार तथा रिहाइका लागि गठित विनोद रानाभाट रिहाई तथा उद्धार समितिको बैंक खातामा करीब ६१ लख ३२ हजार दाखिला भइसकेको र स्वदेश एवं प्रवासका विभिन्न ठाउँमा संकलित रकमहरु समेत जोड्दा ब्लड मनी रकम पुरा भएको समितिका उपाध्यक्ष अर्जुन भुसालले जानकारी दिनुभयो । यो संगै स्वदेश र प्रवासमा सञ्चालित सहयोग संकलन अभियान अन्त्य गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

रानाभाटलाई सहकर्मी भारतीय कामदारले आक्रमण गरेकोमा प्रतिकार गर्दा भारत सनैयाका कामदारको मृत्यु हुन पुगेको थियो । घटना लगत्तै कतार पुलिसले पक्राउ गरी मुद्धा चलाएकामा मृतकको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात करीब ८२ लाख नेपाली रुपैंया बुझाउनुपर्ने आदेश भएको हो । रानाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समितिको नाउँमा कृषि विकास बैंक माडी शाखामा सञ्चालित ०५०८८०१३३७०९४०१३ नम्बरको खातामा रकम जम्मा भइरहेको हो ।

SwadeshPost