सर्पबिज्ञ डा. देव प्रसाद पाण्डेद्वारा शैक्षिक कोषमा १० हजार रुपैंया हस्तान्तरित

119
SwadeshPost

माडी नगरपालिकाले स्थापना गरेको शैक्षिक कोषमा रकम संकलन जारी रहेको छ । सोमबार सर्पबिज्ञ डा. देव प्रसाद पाण्डेले सो कोषमा १० हजार रुपैंया हस्तान्तरण गर्नुभएको हो । अभिभावक गुमाएका अनाथ बालबालिकाहरुलाई विद्यालयसम्म पु-याउने, सिकाउने र टिकाउने उद्देश्यले नगरपालिकाले सो कोष स्थापना गरको थियो ।

माडीमा सञ्चालन हुने हरेक तालिमहरुमा सहजीकरण गरेवापत आफूले पाउने पारिश्रमिक वा भत्ताको केही हिस्सा प्रत्येक पटक सो कोषमा जम्मा गर्दै जाने समेत डा. पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो । माडी-४, खैरहनी, चितवन निवासी डा. पाण्डेले जर्मनीको फ्रयांकफर्ट विश्वविद्यालयबाट नेपालमा पाइने बिषालु सर्पहरुका बिषयमा विद्यावारिधी गर्नुभएको हो ।

SwadeshPost