माडी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता यहि साउन ८ गतेबाट वितरण गरिने

180
SwadeshPost

नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण अन्तरगत माडी नगरपालिकाका लाभग्राहीहरुलाई यहि साउन ८ गतेबाट वितरण थालिने भएको छ ।

यसअन्तर्गत यहि साउन ८ र ९ गते माडी नगरपालिका ३, १२ र १३ गते वडा नं. ५, १४ र १५ गते वडा नं. ४, १६ र १७ गते वडा नं. ९, १९ र २० गते वडा नं. ८, २१ र २२ गते वडा नं. ७, २३ र २४ गते वडा नं. ६, २६ र २७ गते वडा नं. २ र २८ तथा २९ गते वडा नं. १ का लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ताा वितरण हुने भएको छ ।

नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागले वर्षेनी तीन–तीन महिनामा ज्येष्ठ नागरिक, बिधवा (एकल महिला), अपांग, दलित र लोपोन्मुख समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । माडी नगरवासी सुचिकृत लाभग्राहीहरुलाई कृषि विकास बैंक माडी शाखामार्फत भत्ता वितरण हुनेगरेको छ ।

SwadeshPost