अण्डर फोर्टिन फुटबल प्रतियोगिताको उपाधी बसन्तपुर युनाइटेड क्लबलाई

348
SwadeshPost

माडीको बरुवा बजारस्थित उदय फेसन कलेक्सनले सञ्चालन गरेको अन्तर माडी अण्डर फोर्टिन फुटबल प्रतियोगिताको उपाधी बसन्तपुर युनाइटेड क्लबले उचालेको छ ।

सोमबार भएको फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लबले स्टार स्पोर्टस् क्लबलाई १-० गोलअन्तरसहित पराजित गरेको हो । खेलको बेष्ट किपर बसन्तपुर युनाइटेडका अमित पावे, बेष्ट डिफेन्स स्टार स्पोर्टसका मङेश महतो, बेष्ट मिडफिल्डर बसन्तपुर युनाइटेडका बिज्ञान खड्का र बेष्ट फरवार्ड बसन्तपुरकै शिशिर सुनार घोषित हुनुभयो । प्रतियोगिताभर समान ३-३ गोल गरेका बसन्तपुर युनाइटेडका एबिन बस्याल तथा स्टार स्पोर्टस्का विशेक महतोलाई संयुक्तरुपमा सर्बाधिक गोलकर्ताको उपाधी प्रदान गरिएको थियो ।

माडीको बरुवास्थित स्टार स्पोर्टस क्लबको खेलमैदानमा सञ्चालित सो प्रतियोगितामा माडीका विभिन्न क्लबका चौध बर्षमुनीका किशोर खेलाडीहरु सहभागी रहेका थिए ।

SwadeshPost