मनसुनी बर्षा पुनः सक्रिय हुँदा माडी र पर्साको ठोरी क्षेत्रमा भारी बर्षा

439
SwadeshPost

मनसुनी बर्षा पुनः सक्रिय हुँदा देशका अन्य ठाउँहरुसंगै चितवनको माडी र पर्साको ठोरी क्षेत्रमा भारी बर्षा भइरहेको छ । बर्षाका कारण यहाँका खोला खहरेहरुमा पानीको सतहले सतर्कताको तह पार गरेको छ ।

यो समाचार प्रकाशित हुँदाको समयमा माडीको बनकट्टास्थित रीउ नदीको जलसतह ३.६८ मिटर पुगेको छ । रीउ नदीमा ३.४ मिटर जलसतहलाई चेतावनी तथा ३.८ मिटरलाई खतराको तह मान्ने गरिएको छ । माडीको कल्याणपुर र बनकट्टा तथा ठोरी र आसपासका क्षेत्रहरुमा भारी बर्षा मापन भई रीउ नदीको पानीले सतर्कताको तह पार गरेसंगै बाढी पूर्वानुमान शाखा र माडी नगरपालिकाले सर्तकता सन्देश जारी गरेको छ । बर्षाका कारण माडी र ठोरी क्षेत्रका खोला खहरेहरु बाढीग्रस्त भएका छन् भने ठोरी माडी नारायणगढको यातायात सेवा अवरुद्ध रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ठोरी क्षेत्रमा १२२.४ मिलिमिटर बर्षा भइसकेको छ र बर्षा हुने क्रम निरन्तर जारी रहेको छ । त्यसैगरी माडीको हरिनगरस्थित बर्षामापन केन्द्रमा ११३.६ मिलिमिटर तथा बनकट्टामा ७९.५ मिलिमिटर बर्षामापन भएको छ । नारायणगढस्थित नारायणी नदीको गहिराई ८.२९ भने मिटर रहेको छ ।

SwadeshPost