माडीको बरुवा बजारमा राष्ट्रिय बाणिज्य बैंक पुनर्स्थापित हुने

191
SwadeshPost

माडीको बरुवा बजारमा राष्ट्रिय बाणिज्य बैंक पुनर्स्थापित हुने भएको छ । बैंकको शाखा पुनर्स्थापनाका लागि राष्ट्रिय बाणिज्य बैंकको २ नं. प्रदेश कार्यालय बीरगंजले घर बहालमा लिने सम्बन्धी सार्वजनिक सुचना प्रकाशित गरेको छ ।

बैंकको माडी शाखाका लागि माडी नगरपालिका वडा नं. १, बरुवा बजार क्षेत्रमा २००० देखि २५०० बर्गफिट क्षेत्रफलको घर बहालमा उपलब्ध गराउन राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक सुचना प्रकाशन भएको हो । तात्कालीन माओवादी जनयुद्धका समयमा सुरक्षाका कारण माडीको बरुवा बजारबाट सरेको सो शाखा पुनः सोही बजारमै पुनस्र्थापित हुने भएसंगै सरकारी तिरो, राजस्व एवं ठूला आर्थिक कारोबारका लागि माडीबासीहरुलाई सहजता हुने भएको छ ।

सो शाखाको पुनर्स्थापनाका लागि बरुवा बजारबासीसंगै माडी नगरपालिका वडा नं. १ का जनप्रतिनिधीहरुले बैंक प्रशासनमा निरन्तर डेलिगेशन, सम्पर्क र समन्वय गरिरहेका थिए ।

SwadeshPost