प्रदेश साँसद रामलाल महतोद्वारा माडीको नदी कटान क्षेत्रको अनुगमन

327
SwadeshPost

प्रदेश नं. ३ का साँसद रामलाल महतोले रीउ नदीको बाढीले पश्चिमी माडीको पाण्डवनगरमा जारी राखेको कटान क्षेत्रको अनुगमन गर्नुभएको छ ।

स्वदेश एफ.एम.बाट रीउको कटानबाट भइरहेको क्षतीबारे जानकारी पाएसंगै साँसद महतो शनिबार दिउँसो माडी आउनुभई कटानग्रस्त क्षत्रको अनुगमन गर्नुभएको हो । बनकट्टामा उहाँलाई माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलले स्थलगत जानकारी गराउनुभएको थियो । अनुगमनका क्रममा साँसद महतोले रीउ नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट नदी नियन्त्रण विशेष योजना सञ्चालनको प्रतिवद्धता जनाउनुभएको थियो ।

यसअघि, रीउले कटान जारी राखेको सन्दर्भमा नदीको धार बदल्न वडाध्यक्ष र मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षको अगुवाईमा स्थानीयबासीहरु कोदालो र बेल्चा बोकी जुटेका थिए । त्यसपश्चात माडी नगरपालिकाले जे.सि.बी.मार्फत खोलाको घरान फेर्न पानीको बैंकल्पिक निकाश ड्रेनेज खन्न सुरु गरेको थियो ।

SwadeshPost