माडी नगरपालिकाले ट्रिपर र गाडी खरिद गर्ने

178
SwadeshPost

माडी नगरपालिकाको दोश्रो कार्यपालिकाको बैठकले २ वटा ट्रिपर र एउटा सानो गाडी खरिद गर्ने निर्णय गरेको छ ।

हाल नगरप्रमुखले भाडाको चारचक्के गाडी चढ्ने गरिरहनु भएकोमा त्यसलाई विस्थापन गर्न नगरपालिकाले गाडी किन्न लागेको हो । त्यसैगरी नगरपालिकामा जारी विकास निर्माणका कामहरुका लागि २ वटा ट्रिपर समेत खरिद हुन लागेको हो । गाडी र ट्रिपर खरिदका लागि नगरपालिकाले १ करोड ८० लाख रुपैंया बजेट विनियोजन गरेको जनाएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्दै कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदीले गाडी खरिदबारे जानकारी दिनुभएको हो । त्यसैगरी माडी नगरपालिका वडा नं. ५ र ६ को सीमाक्षेत्रस्थित मजुवामा स्पापना हुन लागेको क्रसर उद्योग समेत छिट्टै सञ्चालनमा आउन लागेको उहाँले जनाउनुभयो । क्रसर उद्योगमा जडान हुने मेसिन फरक परेकाले त्यसलाई फर्काएर सम्झौता अनसारकै मेसिन ल्याउँदा ढीलो हुन गएको जनाउँदै प्रवक्ता एवं माडी ९ का वडाध्यक्ष सुवेदीले आउँदो तीन साताभित्र प्लाण्ट सञ्चालनमा आउने जिकिर गर्नुभयो ।

SwadeshPost