मासिक गाउँ सरसफाई गर्ने चिरौलीबासी फोहोर व्यवस्थापन नहुँदा दिक्क

274
SwadeshPost

माडीको चिरौलीमा मासिक गाउँ सरसफाई गर्ने स्थानीयबासीहरु संकलित फोहोर व्यवस्थापन नहुँदा दिक्क भएका छन् । गाउँ टोल सरसफाई गर्दा संकलन भई आउने कतिपय फोहोरको व्यवस्थापनमा नगरपालिकाको ध्यान नपुग्दा नियमित सफाई अभियानप्रति नै स्थानीयबासीहरु निरास बनेका हुन् ।

माडी नगरपालिका वडा नं. २, चिरौली क्षेत्रमा ब्रह्मबाबा टोल सुधार समितिको आह्वानमा हरेक महिनाको २४ देखि ३० गतेभित्र सरसफाई हुनेगरेको छ । सरसफाई कार्यक्रममा स्थानीयबासीको उल्लेख्य सहभागिता रहने समेत गरेको छ तर संकलित फोहोर उठाउन नगरपालिका र वडा कार्यालयले कुनै वास्ता नगरेको स्थानीयबासी रमेश महतोले गुनासो गर्नुभयो ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट व्यवस्था गर्ने जनाएपनि कार्यान्वयन गरेको भने छैन । माडीमा थारु समुदायको बाहुल्यता रहेका चिरौली, गर्दी, सेरुवा, लौगाई, सिधुवा लगायतका गाउँहरुमा नियमित गाउँ सरसफाई हुने गरेको छ ।

SwadeshPost