ब्रेन ट्युमरको उपचारमा आर्थिक सहयोग गरिदिन चालिसे परिवारको अनुरोध

275
SwadeshPost

ब्रेन ट्युमरका कारण अस्पताल भर्ना हुनुभएका माडी सितलपुरका बिपन्न युवा रामु चालिसेको उपचारमा आर्थिक सहयोग गरिदिन सार्वजनिक अनुरोध गरिएको छ ।

माडी नगरपालिका वडा नं. ४ सितलपुर निवासी टिकाराम चालिसेका छोरा रामु चालिसेको ब्रेन ट्युमरका कारण हाल काठमाडौंको वीर अस्पतालमा उपचार जारी रहेको हो । उहाँको टाउकोमा दुईवटा ट्युमर रहेकाले दुईपटक शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि लागि करीब १० लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । चालिसे परिवारको आर्थिक अवस्था भने अत्यन्त कमजोर रहेकोले उपचार खर्च सहयोग गरिदिन परिवारले अनुरोध गरेको हो ।

चालिसेको उपचार सहयोगार्थ स्थानीयबासी टिकाराम पौडेलको संयोजकत्वमा ९ सदस्यीय उपचार सहयोग समिति गठन भएको छ । समितिले हालसम्म माडीबाट करीब ४० हजार रुपैंया संकलन गरिसकेको छ । त्यसैगरी भरतपुर क्षेत्रमा ढाकाराम लामिछानेको संयोजकत्वमा १५ सदस्यीय सहयोग समिति क्रियाशील रहेको छ, जसले हालसम्म करीब ५० हजार रुपैंया सहयोग रकम संकलन गरिसकेको छ । सहयोग अभियानमा जोडिन दुबै समितिले सबैमा अनुरोध गरेको हो । रकम सहयोग गर्ने दाताहरुको विवरण स्वदेश एफ.एम.ले प्रकाशण र प्रकाशन गर्नेछ ।

SwadeshPost