आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

लामिछाने समर्थक र प्रहरीबिच झडप, केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

  • A
  • A+
  • A++

बहुचर्चित शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने समर्थकहरु र प्रहरीबिच चौबिसकोठीमा झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

विज्ञापन १

लामिछाने पक्षधरहरु भेला हुनेगरेको जिल्ला प्रहरी कार्यालय वरपरको क्षेत्र समेट्ने गरी चितवन प्रहरीले भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र बनाएको छ । प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न खोजेपछि झडप भएको हो । अस्पताल र संवेदनशील क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले निषेधित क्षेत्र बनाएको जनाएको छ ।

विज्ञापन २

यसैबिच, जिल्ला अदालत चितवनले पत्रकारद्वय लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि न्यायीक हिराशतमा राख्न तोकेको ५ दिनको समय सकिँदैछ । गत हप्ता विहीबारबाट लागु हुनेगरी अदालतले प्रहरीलाई ५ दिनको म्याद तोकेको थियो । चितवन प्रहरीले भोलि मंगलबार म्याद थपका लागि उहाँहरुलाई अदालतमा लैजान लागेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया