दोलखाबाट आएर माडीमा व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल

543
SwadeshPost

दोलखाबाट आएर माडीको कृष्णनगरमा एक युवाले व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल सुरु गरेका छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-६, नागदिङ निवासी २४ बर्षीय युवा धर्मेन्द्र तामाङले माडीमै पहिलोपटक व्यवसायिक टर्कीपालनसंगै लोकल कुखुरा र माछापालन सुरुवात गर्नुभएको हो ।

माडी नगरपालिका वडा नं. ९, कृष्णनगरमा करीब १ बिगाहा क्षेत्रफल जमीन लीजमा लिएर तामाङले व्यवसायिक कृषि फर्म सञ्चालन गर्नुभएको छ । ‘दोलखा गौरीशंकर मिलिजुली कृषि फर्म’को नाउँमा कम्पनी दर्ता गरी उहाँले करीब ८ कठ्ठा क्षेत्रफलमा माछापालन र २०० वटा टर्कीपालनबाट व्यवसायिक कृषि सुरुवात गर्नुभएको हो ।

हाल फर्मबाट टर्कीको मासु, चल्ला र अण्डासंगै लोकल कुखुरा र माछा बिक्री हुनेगरेको फर्म सञ्चालक युवा तामाङले स्वदेशलाई जनाउनुभयो । सुरुवाती ७ लाखको नगद लगानीबाट थालनी भएको उहाँको फर्म हाल पूर्वी माडीको कृष्णनगर पुग्नेहरुका लागि आकर्षणको केन्द्र बनेको छ । फर्ममा लगानी बढाउँदै यसलाई थप बिस्तार गर्दै लैजाने उहाँको भनाई छ ।

SwadeshPost