२५औं स्टार कप फुटबल प्रतियोगिता भदौ ७ देखि १७ गतेसम्म सञ्चालन हुने

156
SwadeshPost

हरेक बर्ष तीज पर्वको अवसर पारी माडीको बरुवास्थित स्टार स्पोर्टस् क्लबले आयोजना गर्दै आएको स्टार कप फुटबल प्रतियोगिता यसबर्ष यही भदौ ७ गतेबाट सुरुवात हुँदैछ । क्लबको २३औं बार्षिकोत्सव समेतको अवसरमा आयोजित स्टार कप फुटबलको रजत (२५औं) संस्करण आउँदो भदौ १७ गतेसम्म जारी रहनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. १ लाख १ हजार १११ र दोश्रो पुरस्कार रु. ५० हजार १ सय १५१ रहेको छ भने प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर लगायतका विधागत विजेताहरुलाई समेत पुरस्कृत गरिने जनाइएको छ । बरुवा बजारस्थित स्टार फुटबल चौरमा सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले गर्ने निश्चित भएको छ ।

प्रतियोगिता अवलोकनका लागि गतबर्षझैं यसबर्षपनि प्रवेश शुल्क रु. २० राखिएको छ । गतबर्षको टिकट बिक्रीबाट क्लबले शैक्षिक अक्षयकोष खडा गरेकोमा यसबर्षको टिकट आयलाई समेत सोही अक्षयकोषमा दाखिला गरिने क्लबका सचिव टिकाराम सुवेदीले जनाउनुभयो ।

SwadeshPost