कल्याणपुर खानेपानी आयोजनामा प्रणालीगत सुधार, कोलिफर्मको मात्रा शुन्य

300
SwadeshPost

माडीको कल्याणपुर खानेपानी तथा सरसफाई आयोजनाले खानेपानी वितरण तथा प्रशोधन प्रणालीमा सुधार गरी कोलिफर्मको समस्या हटाएको छ । एक महिनाअघि सो आयोजनाको पानीमा दिसाजन्य पदार्थमा पाइने कोलिफर्म जीवाणु फेला परेको खबर स्वदेश एफ.एम.बाटसार्वजनिक भएसंगै समितिले पाइप प्रणाली मर्मत एवं सरसफाई र ट्यांकी सफाई गरी ब्लिचिङ पाउडर राखेको हो ।

गत श्रावण पहिलो साता स्वास्थ्य कार्यालय चितवनले गरेको अनुगमनमा सो आयोजनाको पानीमा ५ प्रतिशत कोलिफर्म फेला परेको थियो । खानेपानी आयोजनाको सरसफाई र मर्मतपछि भएको ल्याब परीक्षणमा कोलिफर्मको मात्रा शुन्य प्रतिशत पाइएको आयोजनाका प्राविधिक शोभाखर अधिकारीले जानकारी दिनुभयो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरमा गरिएको ल्याब परीक्षणमा सो आयोजनाको पानी पिउन योग्य रहेको रिपोर्ट जारी भएको हो ।

यसअघि, स्वास्थ्य कार्यालय चितवनको अनुगमनमा चितवनका अधिकांश खानेपानी आयोजनासंगै माडीको छरछरे, कुसुमेखोला र कल्याणपुर खानेपानी आयोजनामा कोलिफर्म जीवाणु फेला परेको थियो । कोलिफर्मको मात्रा बढी भएमा झाडापखाला हुनुका साथै दीर्घकालसम्म पाचन प्रणालीमा समस्या आइरहने चिकित्सकहरूको भनाई छ ।

SwadeshPost