बरुवामा २५ औं श्रृङ्खलाको स्टारकप फुटबल प्रतियोगिता सुरुवात

29
SwadeshPost

माडीको बरुवामा २५ औं श्रृङ्खलाको स्टारकप फुटबल प्रतियोगिता सुरुवात भएको छ । स्टार स्पोर्ट्स क्लब, माडी-१, बरुवाको आयोजनामा क्लबको २३औं बार्षिकोत्सवको सन्दर्भ पारी तीज पर्वको अवसरमा स्टार कप फुटबलको रजत श्रृङ्खला सुरुवात भएको हो ।

क्लबका अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा सम्पन्न खेल उद्घाटन समारोहको प्रमुख अतिथि माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल र विशिष्ट अतिथि माडी नगर खेलकूद समितिका संयोजक रामबन्धु पोखरेल रहनुभएको थियो । उद्घाटन कार्यक्रममा माडीका विभिन्न वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधी र विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी रहेका थिए । कार्यक्रममा स्थानीय थारु बाल समूहले थारु साँस्कृतिक नृत्य प्रस्तुत समेत गरेको थियो । नगरप्रमुख ढकालले खेल उद्घाटन गर्नुभएसंगै उद्घाटन खेलमा माडी नगरपालिका वडा नं. ६, कल्याणपुर ए र बीरञ्ची युवा क्लब भिँडेका छन् ।

Mahindra