निशेधाज्ञाको अवज्ञा गर्दै लामिछाने समर्थकहरु प्रदर्शनमा, ठाउँठाउँमा झडप

152
SwadeshPost

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निशेधाज्ञाको अवज्ञा गर्दै पत्रकार रवि लामिछाने समर्थकहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । जिल्ला प्रहरी कार्यालय र चितवन जिल्ला अदालत वरपर चार किल्ला तोक्दै चितवन प्रशासनले पाँचजनाभन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको थियो ।

भरतपुरस्थित जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा रहेको निषेधाज्ञाको अवज्ञा गर्दै लामिछाने समर्थकहरुले नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल -याली निकालेका छन् । उनीहरुले चौबिसकोठी लगायतका ठाउँहरुमा बाटोमा टायर बाली प्रदर्शन समेत जारी राखेका छन् । आजको प्रदर्शनमा अधिकांश युवाहरुको सहभागिता देखिएको छ । प्रदर्शनका क्रममा भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा झडप भएको थियो भने प्रर्दशनकारीले दुईवटा ट्रकमा तोडफोड गरेका थिए ।

SwadeshPost