पुडासैनी प्रकरण अन्तरगत चितवन जिल्ला अदालतमा थुनछेकको बहस सुरु

195
SwadeshPost

बहुचर्चित शालिकराम पुडासैनी आत्महत्या प्रकरण अन्तरगत चितवन जिल्ला अदालतमा थुनछेकको बहस सुरु भएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा हुने बहसका लागि ८ जना वकिलहरुले नाम टिपाएका छन् ।

यसअघि अदालतमा रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको थियो । पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहनका अभियुक्त रहेका उहाँद्वयको जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा बयान लिइएको हो । अर्की अभियुक्त अस्मिता कार्की ‘रुकु’को बयान भने आइतबार नै सकिएको थियो । बयान लिने कार्य पुरा भएसंगै थुनछेकको बहस सुरु भएको हो । थुनछेकको बहस सकिएपश्चात आरोपीहरु धरौटीमा छुट्ने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।

SwadeshPost