सोमबार स्टार कप फुटबलमा तीन र तीजकप फुटबलमा दुई खेल सम्पन्न

163
SwadeshPost

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलको तेस्रो दिनका खेलहरुमा माडी-६ कल्याणपुरको ‘बी’ समूह, ज्ञान ज्योति युवा क्लव भैरवपुर र नाजिल माडी नगरपालिका-२ विजयी भएका छन् ।

पहिलो खेलमा इन्टर मिलन क्लब लाई ३-१ ले पराजित गरी माडी ६ कल्याणपुर ‘बी’ विजयी भयो भने दोश्रो खेलमा ज्ञान ज्योति युवा क्लब, भैरवपुरले १-० गोलअन्तरबाट चैनपुर फुटबल क्लब (सि.एफ.सी.)बी लाई पाखा लगायो । तेश्रो खेलमा नाजिल माडी नगरपालिका-२ र योङ स्टार पौहारी भिँडेकोमा टाइब्रेकरमा ४-२ गोलअन्तरसहित नाजिल माडी नगरपालिका-२ विजयी भएको छ ।

उता, माडीको बाँदरझुलामा जारी हरितालिका तीज नकआउट फुटबल प्रतियोगितामा आज ग्रिनल्याण्ड युवा क्लब कृष्णनगर र समाज सुधार युवा क्लब, बगहीँ विजयी भएका छन् । ग्रिनल्याण्डले कमलामाई युवा क्लब तीनघरेलाई ३-१ गोलअन्तरबाट तथा समाज सुधार युवा क्लब, बगहीँले चिसापानी क्लब, प्लट नं.-१, बाँदरझुलालाई टाइब्रेकरमा ४-२ गोलअन्तरसहित पराजित गरेको छ ।

SwadeshPost