रविको पत्रकार सम्मेलन : सामाजिक न्यायका लागि थप शसक्त रुपले लाग्ने भनाई

151
SwadeshPost

चितवन प्रहरीको हिराशतबाट सोमबार साँझ हिरा हुनुभएका पत्रकार रवि लामिछानेले सामाजिक न्यायका लागि थप शसक्त रुपले लाग्ने बताउनु भएको छ । अहिलेको जनसमर्थनले आफुलाई थप उत्साहित र जिम्मेबार बनाएकाले आगामी कार्यक्रमहरु निकै गुणा शसक्त र प्रभावकारी बनाउने उहाँले बताउनु भयो । समर्थकहरुको ऋण कहिल्यै तिर्न नसक्ने तर त्यसबाट प्रभावित भने नहुने उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग आगामी शनिबारदेखि मात्रै सुरु हुने संभावना रहेको जनाउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै अर्का अभियुक्त युवराज कँडेलले आवाज नसुनिएकाहरुको आवाज सुनाउने अभियानमा अझ खरो रुपमा प्रस्तुत हुने बताउनु भयो । अब दिउँसो २ बजे नारायणी नदी छेउमा समर्थकहरुलाई प्रत्यक्ष रुपमा धन्यवाद दिन कार्यक्रमको आयोजना गरिएको उहाँद्वयले सार्वजनिक गर्नुभयो ।

SwadeshPost