स्टार कपमा मंगलबार साहारा र बसन्तपुर युनाईटेड विजयी

136
SwadeshPost

बाँदरझुलाको तीज कपमा भने वनशक्ति ठोरी, युवा जागृति ठोरी र प्लट नं. ६ बाँदरझुला विजयी

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा मंगलबार साहारा युवा क्लब, ब्रम्हपुरी र बसन्तपुर युनाईटेड क्लव ‘ए’ विजयी भएका छन् ।

पहिलो खेल कल्याणपुर ए र साहारा युवा क्लब, ब्रम्हपुरीबिच भएकोमा टाइब्रेकरमा ६-७ गोलअन्तरबाट साहारा विजयी भएको हो भने भने दोश्रो खेल बसन्तपुर युनाईटेड क्लव ए र देबेन्द्रपुर युवा क्लबबिच भएकोमा ३-० गोलअन्तरसहित बसन्तपुर विजयी भएको आयोजक स्टार स्पोर्टस् क्लब, बरुवाले जनाएको छ ।

त्यसैगरी, बाँदरझुलामा जारी तीज कप फुटबलमा मंगलबार वनशक्ति युवा क्लब ठोरी, युवा जागृति क्लब, गौतमनगर, ठोरी र युनाइटेड क्लब, प्लट नं. ६ बाँदरझुला विजयी भएका छन् ।

पहिलो खेल पहिलो खेल गौरीशंकर युवा क्लब गौरीनगर माडी र वनशक्ति युवा क्लब ठोरीबिच भएकोमा १-० गोलअन्तरले वनशक्ति विजयी भएको हो । दोश्रो खेल बिलिभर्स इस्टर्न चर्च बघौंडा र युवा जागृति क्लब, गौतमनगरबिच भएकोमा १-० गोलअन्तरबाटै युवा जागृति विजेता भएको थियो । त्यसैगरी तेश्रो खेल युनाइटेड क्लब, प्लट नं. ६ बाँदरझुला र जनचेतना युवा क्लब भगवाननगर ठोरीबिच भएकोमा २-० गोलअन्तरबाट युनाइटेड क्लब बाँदरझुलाले जीत दर्ता गरेको हो । युवा दर्शन क्लब, बाँदरझुलाद्वारा आयोजित सो प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost