माडीका बालविकास सहयोगी कार्यकर्ताले रू. ४००० प्रोत्साहन भत्ता पाउने

25
SwadeshPost

माडी नगर क्षेत्रमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले थप रु २ हजार प्रोत्साहन रकम पाउने भएका छन् । माडी नगरपालिकाले जारी आर्थिक बर्षमा बालविकास सहयोगी कार्यकर्ताहरुका लागि साविक पाउँदै आएको रु २ हजार प्रोत्साहन रकममा २ हजार रुपैंया थप गरी ४ हजार बनाएको हो ।

त्यसैगरी विद्यालय सहयोगीहरुका लागि रु १ हजार प्रोत्साहन भत्ता र आधारभूत (निम्न माध्यमिक) तहका प्रधानाध्यापकहरुलाई पनि रु १ हजार तथा माध्यमिक तहका प्रधानाध्यापकहरुलाई रु १ हजार ५ सय प्रधानाध्यापक भत्ता उपलब्ध गराउने भएको हो । नगरपालिकाले जारी आर्थिक वर्ष ०७६/०७७ मा नगरस्तरीय शिक्षा शीर्षकमा ४ करोड रुपैंया बजेट विनियोजन गरेकोमा सोही बजेटमार्फत प्रोत्साहन भत्ता वितरण गर्ने निर्णय भएको माडी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

Mahindra