भरतपुरबाट माडीका लागि छुटेको बस दुर्घटनाग्रस्त, चालक र २ यात्रु घाइते

227
SwadeshPost

भरतपुरबाट माडीका लागि छुटेको ना.५ ख. २१४० नम्बरको बस भरतपुरमा दुर्घटनामा परेको छ । भरतपुरको तेह्रसाल चोकमा सडक छेउमा रोकिराखेको ना. ५० प ४४४२ नम्बरको मोटरसाईकललाई बसले अचानक ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनाका कारण बसचालक माडी ८ का सुरेश खाती गम्भीर घाइते हुनुभएको छ । उहाँको भरतपुर अस्पतालमा उपचार जारी रहेको छ । घटनामा अन्य २ जना यात्रु पनि घाइते भएका छन् । घाईतेमध्ये यात्रु भरतपुर १८ कि मायाँ तामाङको अवस्था सामान्य रहेको छ ।

SwadeshPost