स्टार कपमा ज्ञानज्योति र बसन्तपुर तथा तीज कपमा युनाइटेड र तमु ब्वाइज विजयी

48
SwadeshPost

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शनिवारका खेलहरु जित्दै ज्ञानज्योति युवा क्लब, भैरवपुर र बसन्तपुर युनाइटेड क्लब ‘ए’ सेमीफाइनल प्रवेश गरेका छन् ।

आज (शनिवार)को पहिलो खेल ज्ञानज्योति युवा क्लब, भैरवपुर र साहारा युवा क्लब, ब्रह्मपुरीबिच भएकोमा १-० गोलअन्तरबाट ज्ञानज्योति विजयी भएको हो । त्यस्तै, दोश्रो खेल बसन्तपुर युनाइटेड क्लब ए र चैनपुर फुटबल क्लब (सि.एफ.सी.)बिच भएकोमा २-१ गोलअन्तरसहित बसन्तपुर युनाइटेड सेमीफाइनल प्रवेश गरेको हो ।

उता, बाँदरझुलामा जारी तीज कप फुटबलमा युनाइटेड क्लब, प्लट नं ६ ,बाँदरझुला र तमु ब्वाइज क्लब ठोरी विजयी भएका छन् । शनिवार पहिलो खेल तमु समाज कल्याणपुर माडी र युनाइटेड क्लब, प्लट नं ६ ,बाँदरझुलाबिच भएकोमा १-० गोलअन्तरबाट युनाइटेड क्लब बाँदरझुला विजयी भएको थियो । दोश्रो खेलमा तमु ब्वाइज क्लब ठोरी र समाज सुधार क्लब, बगहीँ माडी भिँडेकोमा टाइब्रेकरमा ३-२ गोलअन्तरबाट तमु ब्वाइज ठोरी विजयी भएको हो । भोलिबाट सेमीफाइनलका खेलहरु सुरुवात हुने आयोजक युवा दर्शन समाज क्लब, बाँदरझुलाका अध्यक्ष रुपेन प्रजाले जनाउनुभयो ।

Mahindra