सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा

288
SwadeshPost

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा भएको छ । पाण्डेको स्थानमा सशस्त्र प्रहरी नीरिक्षक थकाली चौधरी (थारु) ले जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँ पर्वत २५ नम्बरबाट सरुवा भई माडी आउनुभएको हो ।

करीब डेढ बर्षअघि माडी नगरपालिका-५, छरछरेस्थित बोर्डर आउट पोष्टमा कार्यालय प्रमुखका रुपमा आउनुभएका सशस्त्र प्रहरी नीरिक्षक पाण्डेको महोत्तरीको जलेश्वरमा सरुवा भएको हो । तर, तत्कालका लागि उहाँ काजमा सशस्त्र प्रहरीको दन्तकाली तालिम शिक्षालय सप्तरीमा तालिम प्रशिक्षकका रुपमा खट्नुहुनेछ ।

SwadeshPost