नमुना छात्रवासका अनाथ विद्यार्थीहरुलाई सहयोग स्वरुप खाना खुवाउन सुरु

24
SwadeshPost

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रवासमा रहेका अनाथ र बिपन्न विद्यार्थीहरुलाई सहयोगस्वरुप खाना खुवाउने क्रम सुरु भएको छ ।

करीब चालिस जनाको संख्यामा रहेका अभिभावकविहीन विद्यार्थीहरुलाई पहिलोपटक युवा समाजसेवी श्रीप्रसाद दवाडीको सौजन्यमा खाना खुवाउने क्रम प्रारम्भ भएको हो । तीजको अवसर पारी दवाडीले विद्यार्थीहरुलाई खाना सौजन्य गर्नुभएको छ ।

माडी बाहिरका अनाथालय र आश्रयगृहहरुमा जन्मदिन, बार्षिकोत्सव वा अन्य सन्दर्भ पारी खाना खुवाउने क्रम चलिरहेको सन्दर्भमा माडीमा रहेको छात्रबासमा समेत खाना खुवाउन सहयोगीहरूको ध्यान पुग्न सकोस भनी खानाको सौजन्य गरेको दवाडीको भनाई छ ।

Mahindra