पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई

279
SwadeshPost

स्टार स्पोर्टस् क्लब, बरुवामा आयोजनामा सञ्चालित पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुर ले जितेको छ ।

बरुवा बजारस्थित स्टार फुटबल मैदानमा सम्पन्न फाइनलमा चिरौली युनाइटेड क्लबलाई पराजित गरी ज्ञानज्योतिले उपाधी चुमेको हो । निर्धारित समयसम्म गोलरहित बराबरी भएसंगै टाइब्रेकरमा धकेलिएको खेलमा ४-३ गोलअन्तरबाट ज्ञानज्योतिले जीत निकालेको हो । उपाधी उचालेसंगै शिल्ड, मेडल र प्रमाणपत्रसंगै ज्ञानज्योति युवा क्लबले नगद रु. १ लाख ११ हजार १११ जितेको छ भने उपविजेतामा चित्त बुझाएको चिरौली युनाइटेड क्लबले नगद रु. ५० हजार १ सय ५१ म चित्त बुझाएको छ ।

त्यसअघि, सोमबार सम्पन्न दोश्रो सेमीफाइनलमा बुद्धज्योति युवा क्लबलाई पराजित गरी चिरौली युनाइटेड क्लबले फाइनलमा स्थान सुरक्षित गरेको थियो । त्यस्तै आइतबार सम्पन्न पहिलो सेमीफाइनलमा ज्ञानज्योति युवा क्लबलाई पराजित गरी बसन्तपुर युनाइटेड क्लबले फाइलन यात्रा तय गरेको थियो । तर खेल सकिएलगत्तै बसन्तपुरका एक खेलाडीउपर ज्ञानज्योतिले प्रोटेस्ट दर्ता गरेकाले केहि विवाद र छानविनपश्चात आयोजकले नतीजा उल्ट्याई ज्ञानज्योतिलाई फाइनल प्रवेश दिएको थियो ।

यसअघि, युवा दर्शन समाज क्लवको आयोजनामा बाँदरझुलामा सञ्चालित तीज कप फुटबलको उपाधी वनशक्ति युवा क्लब, टाउन, ठोरीले उचालेको थियो । सोमबार सम्पन्न फाइनलमा वनशक्तिल युनाइटेड क्लब बाँदरझुलालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरी उपाधी उचालेको हो । प्रथम र दोश्रो हुन सफल वनशक्ति र युनाइटेड क्लबले शिल्ड मेडल र प्रमाणपत्रका साथ नगद क्रमशः रु ५० हजार र २५ हजार पुरस्कार जितेका हुन् ।

SwadeshPost