माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते

219
SwadeshPost

माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बा.२० च. ४३० नम्बरको कार आर.के. खाजा घर अगाडिको सडकबाट तल पल्टिएको हो ।

कार पल्टिदाँ त्यसका चालक नवराज अधिकारीसंगै कारमा सवार माडी–४ का प्रदीप महतो र अन्य एकजना घाइते भएको प्रारम्भीक खबर छ । घाइतेहरुको बघौंडा अस्पतालमा उपचार भइरहेको छ । उच्च गतिका कारण कार पल्टिन पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

SwadeshPost