मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

दलितलाई रोजगारीबाट निकाल्ने होटल सञ्चालक र घरबेटीद्वारा क्षमायाचना

  • A
  • A+
  • A++

दलित कामदारलाई रोजगारीबाट निकाल्ने दुईजनाले सार्वजनिक रुपमा माफी मागेका छन् । माडी नगरपालिका-३, बसन्तपुरस्थित नामाकरण हुन बाँकी नै रहेको खाजा घरमा कुकको काम सुरु गरेका माडी-५, छरछरे निवासी विकास सुनारलाई रोजगारीबाट निकाल्ने खाजा घर सञ्चालक कृष्ण घर्ती र उनलाई त्यस्तो गर्न दबाद दिने घरबेटी प्रिती ढकालले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

विज्ञापन १

माडी नगरपालिकामा सम्पन्न छलफलमा घर्ती र ढकालले जातको आधारमा भेदभाव गर्नु गल्ती भएको स्वीकार्दै आउँदा दिनमा त्यसो नहुने प्रतिबद्धता व्यक्त गरेका थिए । कामबाट निकालिनुभएका सुनारलाई पूर्ववत रुपमा काममा लगाइने घर्तीले जनाए । गत भदौ ७ गते कामबाट निकाल्ने घटना भएकोमा भदौ ११ गते पीडित सुनारले माडी नगरपालिकाको न्यायीक समितिमा उजुरी दिनुभएको थियो । तर न्यायीक समितिले उजुरी दर्ता नगरी दुबै पक्षबिच छलफल गराई घर्ती र ढकाललाई माफी मगाएको हो । छलफलमा माडीका दलित अगुवाहरूको सहभागिता रहेको थियो ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया