मृगौला पीडित सन्तोषलाई उपचारमा सघाउन परिवारको सार्वजनिक आह्वान

174
SwadeshPost

माडी स्याउलीबासकी सञ्जु शाही ठकुरीलाई यतिखेर खपिनसक्नु पीडा छ । श्रीमान सन्तोष शाही ठकुरी दुबै मृगौला खराब भई अस्पतालको बेडमा लडेका छन्, तर उपचारको खर्च त टाढाको कुरा, बिरामीलाई बिहान-साँझ खाना खुवाउने पैसा समेत छैन उनीसंग ।

माडी नगरपालिका-६, स्याउलीबासकी सञ्जुका श्रीमान, हाल मकवानपुरको राक्सिराङ गाउँपालिका-९ निवासी सन्तोषको दुबै मृगौला बिग्रिएको करीब १ बर्ष पुगिसक्यो । बिरामी भएसंगै उहाँ काठमाडौं मेडिकल कलेज हस्पिटलमा भर्ना हुनुभयो । तर त्यहाँको महंगो उपचार खर्च जुटाउन नसक्ने भएसंगै उहाँले हाल काठमाडौंकै वीर अस्पतालमा डाइलाइसिस सहितको उपचार गराइरहनु भएको छ । तर बिपन्न ठकुरी परिवारले सरकारी वीर अस्पतालमै पनि उपचार खर्च जुटाउन नसकी छटपटीमा रहेको छ ।

मृगौला पीडित सन्तोषको परिवारमा श्रीमती सञ्जुसंगै बुढी आमा र दुईजना भाइहरु छन् । तर माइलो भई सवारी दुर्घटनामा परी कुनै काम गर्न सक्ने अवस्थामा छैनन् भने कान्छा भाई केवल ९ बर्षका बालक रहेकाले नियमित आय कसैको छैन । त्यसैले, सन्तोषको उपचारमा सघाउन राक्सिराङ गाउँपालिकाको बैठकले सार्वजनिक आह्वान गरेको छ । सञ्जुको माइती पक्षले समेत उपचारमा सघाउन यथासम्भव आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

SwadeshPost