डेङ्गुको प्रकोप न्यूनिकरणका लागि माडीमा ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’

317
SwadeshPost

चितवनसंगै देशैभर डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगरपालिकाले त्यसको न्यूनिकरणका लागि ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’ सञ्चालन गर्ने भएको छ ।

माडी नगर क्षेत्रका ९ वटै वडाहरुमा डेङ्गुको कारक मानिएको एडिस जातको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन हुन लागेको नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाले डेङुगु रोग नियन्त्रण तथा सरसफाई सम्बन्धी अन्तरक्रिया आयोजना गरी नगर क्षेत्रको सरसफाई तथा डेङ्गु नियन्त्रणको पहलमा लाग्ने जनाएको हो । माडी उपत्यकामा सरसफाईको समस्या नियन्त्रण बाहिर नरहेको भन्दै नगरपालिकाले त्यसमा सघाउन सबैमा अनुरोध समेत गरेको छ ।

नगर उपप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र जिल्ला स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक डा. राम कुमार के.सी.को विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ माडी, ईलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरे, बघौंडा अस्पताल, रेडक्रस उपशाखाहरु, टोल सुधार समिति, बजार व्यवस्थापन समिति र माडीका स्वास्थ्य संस्थाहरुसंगै जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost