काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत माडीमा वडा भेलाहरू हुने

233
SwadeshPost

नेपाली काँग्रेसको हिमाल – पहाड – तराई – मधेश राष्ट्रिय जागरण अभियान अन्तरगत भदौ २९ देखि ३१ गतेसम्म माडी नगरक्षेत्रमा काँग्रेसको संयुक्त वडा भेलाहरु हुने भएका छन् ।

अभियानको क्रममा भदौ २९ गते आइतबार बिहान ११ बजे माडीको बरुवा बजारमा नृपाली काँग्रेस माडी – १ र २ वडाको संयुक्त वडा भेला आयोजना गरिएको छ । त्यसैगरी, भदौ ३० गते बिहान ११ बजे देबेन्द्रपुर बजारमा काँग्रेसको वडा नं. ७, ८ र ९ को संयुक्त वडा भेला हुनेछ भने भदौ ३१ गते बिहान ११ बजे नै, काँग्रेसको वडा नं. ३, ४, ५ र ६ को संयुक्त भेला सञ्चालन हुने कार्यतालिका रहेको छ ।

गत भदौ २४ गते भरतपुर–२३ को बेलहट्टा सामुदायिक बनमा बि.पी. जयन्तीमा १०६ वटा बृक्षारोपण गरी सुरुवात भएको काँग्रेस चितवन क्षेत्र नं. ३ (ख) स्तरीय सो जागरण अभियान असोज ७ गतेसम्म जारी रहने कार्यतालिका रहेको छ । अभियानका क्रममा केन्द्रीय र जिल्ला प्रतिनिधीहरुको रहोबरमा काँग्रेसका क्रियाशील तथा सक्रिय सदस्य, वडास्तरीय समितिका नेताकार्यकर्ता, भातृ संघसंस्था र शुभेच्छुकहरुपिबच प्रशिक्षणात्मक छलफल हुने जनाइएको छ ।

SwadeshPost